३८८
Sharesऔषधि व्यवस्था विभागले कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि अनुमति दिएको छ ।
विभागले भारतमा निर्माण भइरहेको कोभिसिल्ड लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको हो । खोप खरिदका लागि सरकारले विभिन्न प्रयास गरे पनि कुन खोप खरिद गर्ने भन्ने निर्णय भएको थिएन ।
विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको विभागले जनाएको छ । योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।
भारतले यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ । कोभिसिल्ड अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय ब्राण्ड हो । यो खोपको दुई डोज लगाउनु पर्छ ।